रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियामा सैन्य विकल्पको पक्षमा रहेका टर्की, इङ्गल्याण्ड र फ्रान्सलाई रुसले प्रस्ताव गरेको राजनीतिक समाधानमा सहमतिका लागि धन्यवाद दिएका छन् ।
‘रसिया कल’ शीर्षकको फोरममा बोल्दै पुटिनले टर्की, फ्रान्स र इङ्गल्याण्डले सिरियाको संकटलाई शान्तिपूर्ण, राजनीतिक मार्गबाट समाधान गर्न सहमत भएकोमा आफू खुसी भएको बताए ।
पुटिनले रुस मात्र नभई अन्य सबै देशको पनि अहिलेको समाधान योजनामा योगदान रहेको बताए ।



