रुसी विरोध प्रदर्शनका नेता एलेक्सी नभाल्नीलाई चोरी र हिनामिनाको आरोपमा पाँच वर्षको जेल सजाय सुनाइएको छ।
न्यायाधीश सर्गेई ब्लिनोभले भ्रष्टाचार विरोधी अभियानकर्ताले काठ फर्मलाई ठगी गरेको बताए।
नभाल्नीले सधैं आरोप अस्वीकार गर्दै आएका छन्। उनले राष्ट्रपति भ्लादिमिर पुटिनको विरोधका कारण आफूलाई मुद्दा चलाइएको दाबी गरेका छन्।
यो फैसलाको अर्थ उनी सेप्टेम्बरमा मस्कोको मेयरको लागि उम्मेदवार हुन सक्ने छैनन् कि छैनन् भन्ने कुरा स्पष्ट छैन।
बीबीसी



